You are viewing the translated version of जीवनाशक विषादीको गुणस्तर परीक्षण गराउन सक्ने.
Rule 27
जीवनाशक विषादीको गुणस्तर परीक्षण गराउन सक्ने
(१) केन्द्रले नेपालभित्र पैठारी हुने जीवनाशक विषादीको गुणस्तर परीक्षण गर्न आवश्यक देखेमा त्यस्तो विषादीको गुणस्तर _ परीक्षण गर्न सम्बन्धित पैठारीकर्तालाई लेखी पठाउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम जीवनाशक विषादीको परीक्षण. गर्न लेखी आएमा सम्बन्धित पैठारीकर्ताले जीवनाशक विषादीको गुणस्तर परीक्षण गरी सोको जानकारी केन्द्रलाई दिनु पर्नेछ र त्यस्तो परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पैठारीकर्ताले व्यहोर्नु पर्नेछ।